दफा ३०
मुद्दा दायर गर्ने क्षेत्राधिकार
: यस ऐन बमोजिम कुनै पक्षले मुद्दा चलाउन चाहेमा सम्बन्धित मुलुकको प्रचलित कानून बमोजिम क्षेत्राधिकार भएको देहायको कुनै अदालतमा मुद्दा दायर गर्न सक्नेछ :-
(क) प्रतिवादीको बसोबास भएको वा निजको मुख्य कारोबार भएको स्थानको अदालत,
(ख) बहुविधिक ढुवानी करार सम्पन्न भएको स्थानको अदालत,
तर यस खण्ड बमोजिमको स्थानमा क्षेत्राधिकार कायम हुनका लागि सो स्थानमा प्रतिवादीको व्यापारिक केन्द्र, शाखा वा आधिकारिक प्रतिनिधि रहेको र सो मार्फत बहुविधिक ढुवानी करार सम्पन्न भएको हुनु पर्नेछ ।
(ग) बहुविधिक ढुवानी करार बमोजिम मालसामान बुझिलिएको वा हस्तान्तरण गर्ने स्थानको अदालत, वा
(घ) बहुविधिक ढुवानी करार बमोजिम मुद्दा दायर गर्ने सम्बन्धमा पक्षहरुले छुट्टै स्थान उल्लेख गरेको भए त्यस्तो स्थानको अदालत ।